बलुचिस्तानमा आक्रमण, नौ प्रहरीको मृत्यु
kendrabindu.com · Tue Jul 07 07:56:09 GMT 2026

क्वेटा (पाकिस्तान) । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य केही प्रहरी अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् ।
जिल्लाका वरिष्ठ अधिकारी अब्दुल कुदोसका अनुसार मङ्गी बाँध परियोजनाको सुरक्षाका लागि खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गर्दा नौ जना प्रहरी अधिकारी मारिएका हुन् । घटनापछि केही प्रहरीको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी राखिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)