प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष स्थापना
kendrabindu.com · Tue Jul 07 08:01:17 GMT 2026

चितवन । जिल्लामा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा रु २० लाखको लागतमा बिक्री केन्द्र स्थापना गरिएको हो । सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार उत्पादनको सन्तुलन नमिल्दा बजारीकरणमा समस्या भएपछि आफ्नै बिक्री कक्ष स्थापना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)