सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
corporatenepal.com · Tue Jul 07 07:56:16 GMT 2026

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
उक्त सहयोग बैंकको बढैयाताल शाखा मार्फत गरिएको छ । वि.सं. २०४५ मा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब १,२०० विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन् । विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण विद्यार्थीहरूको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्नो सहयोग उपलब्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)