मौद्रिक नीतिका एक दर्जन घोषणा अझै ‘अध्ययनमै’, राष्ट्र बैंकको सुधार योजना कार्यान्वयन हुन सकेन
aarthiknews.com

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत अघि सारेका महत्वपूर्ण सुधारका कार्यक्रमहरू अझै अध्ययन र तर्जुमाकै चरणमा रहेको जनाएको छ। मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकिङ क्षेत्रको संरचनागत सुधार, डिजिटल वित्तीय प्रणाली विस्तार र कर्जा व्यवस्थापनसँग सम्बन्धित कतिपय घोषणा कार्यान्वयनमा आउन नसकेको स्वीकार गरेको हो।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक तथा मौद्रिक लक्ष्यको अवस्था, तरलता व्यवस्थापन, ब्याजदर तथा प्रमुख नीतिगत व्यवस्थाको कार्यान्वयन अवस्थासहित मौद्रिक नीतिमा समावेश कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)