दृष्टिविहीनहरूको आन्दोलन स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
shilapatra.com · Tue Jul 07 07:59:00 GMT 2026

विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आन्दोलनरतपक्षसँग भएको छलफलपछि दृष्टिविहीन समुदायले उठाएका मागहरू सम्बोधनका लागि आवश्यक पहल गर्ने सहमति भएको हो ।
सहमतिअनुसार, माइतीघर मण्डलामा सञ्चालन भइरहेको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ । साथै, दृष्टिविहीन समुदायका मागहरू सम्बोधन नभएसम्म तथा साउन मसान्तसम्म उनीहरूले सञ्चालन गरिरहेको कला तथा सांगीतिक प्रस्तुति तथा जीविकोपार्जनका गतिविधिहरू हाल सञ्चालन भइरहेका स्थानहरूमा कुनै अवरोध वा रोकछेक नगरी निरन्तर सञ्चालन गर्न दिने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)