यूएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी
himalpress.com · Tue Jul 07 08:13:13 GMT 2026

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिजारी गर्दै उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। आममाफीको निर्णय मन्त्रालयको निर्देशनानुुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)