पर्वतमा आधुनिक बाल उद्यान
nepalnews.com · Tue Jul 07 08:21:43 GMT 2026

पर्वत। बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ।
दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण गरिएको हो। गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैंयू गाउँपालिका–५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको दश लाख रुपैयाँ, स्थानीय वडा कार्यालयको चार लाख रुपैयाँ र पैंयूँ गाउँपालिकाको एक लाख गरी १५ लाख रुपैयाँ लगानीमा बालउद्यान निर्माण भएको पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)