प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोरेकोटोको साढे १० लाख सहयोग
onlinekhabar.com · Fri Aug 28 07:27:47 GMT 2026

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सीले साढे १० लाख रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण सर्वस्व गुमाएकाहरूको रातह तथा उद्धारका लागि सरकारले सहयोग अपिल गरेको थियो। सोहीअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको गोरेटोका सीईओ धिरज कँडेलले जानकारी दिए।
‘हामीले ठूलो सहयोग गर्न नसके पनि आफन्त गुमाएका, घाइते भएका र घरबारविहीन बनेका नेपालीको दुःखमा सानो भए पनि राहत होस् भन्ने उद्देश्यले यो रकम हस्तान्तरण गरेका हौँ,’ उनले भने । गोरेटोका बजार प्रबन्धक तथा सिनियर काउन्सेलर प्रकाश रेग्मीले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)