सिलाजितबाट वार्षिक १० लाख आम्दानी गर्दै भक्तबहादुर
nagariknews.nagariknetwork.com · Tue Jul 07 08:17:41 GMT 2026

गत जेठ महिनाको १५ गते घरबाट निस्किएका जुम्लाको चन्दननाथ नगरपालिका–३ शान्तिनगरका ६१ वर्षीय भक्तबहादुर कठायत जेठ ३० गते मात्रै घर फर्किए। करिब दुई सातासम्म उनी कर्णालीका अग्ला र जोखिमपूर्ण भिर पाखामा सिलाजित खोज्दै थिए। ज्यानको बाजी लगाएर संकलन गरिएको त्यही कालो पदार्थले यस वर्ष मात्रै उनलाई १० लाख ८ हजार रुपैयाँ आम्दानी गराइदियो।
२०५६ सालदेखि निरन्तर सिलाजित संकलन र व्यापार गर्दै आएका कठायत अहिले जुम्लाका अनुभवी सिलाजित व्यवसायीका रूपमा चिनिन्छन्। उनले प्याकिङ गरिएको सिलाजित प्रति तोला १ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)