भारतमा ९ दिनमा तेस्रोपटक बढ्यो इन्धनको मूल्य, नेपालमा पनि पर्नसक्छ प्रभाव
onlinekhabar.com · Sat May 23 03:13:18 GMT 2026

९ जेठ, काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्यमा फेरि बढेको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ । डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारतीय रुपैयाँ पुगेको छ ।
भारतीय मिडियाहरुका अनुसार इन्धनको मूल्य ९ दिनभित्र तेस्रो पटक बढाइएको हो । यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसा बढाइएको थियो । त्यसअघि मे १५ मा पनि प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)