‘सुशासन र पारदर्शितामा केन्द्रित’
gorkhapatraonline.com · Sat May 23 03:31:40 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सुशासन र पारदर्शितामा केन्द्रित हुने बताउनुभएको छ । जनताको आवश्यकता र अपेक्षा अनुसार नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने भन्दै उहाँले प्रदेश सरकारले सुशासन र पारदर्शितालाई मुख्य प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
उहाँले प्रदेश सरकार अहिले जनमुखी योजना, सुशासन र सेवा प्रवाह सुधारलाई केन्द्रमा राखेर तयारीमा जुटिरहेको उल्लेख गर्नुभयो । प्रदेश सुशासन केन्द्रले प्रदेश राजधानी भालुवाङमा आयोजना गरेको कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण विषयक अन्तव्रिर्mया कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी बजेट केवल आर्थिक दस्ताबेज नभई जनताको जीवनसँग प्रत्यक्ष जोडिने कार्यक्रमको आधार बन्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)