अजयमेरुको राजुसलमा समाधान हुँदै खानेपानीको समस्या
annapurnapost.com · Tue Jul 07 08:34:46 GMT 2026

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका–६ का तीन गाउँमा ३० लाखको खानेपानी योजना सम्पन्न भएसँगै खोनेपानीको हाहाकार व्यहोरी रहेको राजुलवासीको समस्या चाँडै समाधान हुँदैछ । वर्षौंदेखिको पानी अभाव झेल्दै आईरहेका राजुलवासीको सपना एक घर, एक धारा योजनाले पुरा गरेको हो। जिल्लाको अजयमेरु गाउँपालिका–६ अन्तर्गतको दुर्गम राजुल क्षेत्रमा सञ्चालन गरिएको ‘एक घर, एक धारा’ अभियान पुरा भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएको खानेपानी योजनाअन्तर्गत ३१ वटा धारा निर्माण भएपछि वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई ठूलो राहत पुगेको हो । स्थानीय खोला र न्वालाको पानी घरमा ल्याउनका लागि नै घण्टौ लाईनमा वस्नु पर्ने वाध्इता घरमा धारो पुगे संगै पुरा भएको स्थानियको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)