फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाली राजधानीमा विस्फोट
ratopati.com · Tue Jul 07 08:50:30 GMT 2026

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन मंगलबार बिहान सिरियाको राजधानी दमास्कसको केन्द्रमा भएका विस्फोटका घटनापछि सुरक्षित रहेको फ्रान्सेली राष्ट्रपति कार्यालय एलिस प्यालेसले जनाएको छ ।
म्याक्रोन सिरियाली राष्ट्रपति अहमद अल–शारासँग राष्ट्रपति भवनमा द्विपक्षीय वार्ताका लागि दमास्कसमा रहेका छन् । एक सुरक्षा स्रोतले बीबीसीलाई दिएको जानकारीअनुसार विस्फोट दुईवटा विस्फोटक उपकरणका कारण भएको हो । घटनामा केही व्यक्ति घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)