प्रधानमन्त्री बालेनसँग भेटेपछि एडीबी अध्यक्षले भने - साढे ३ खर्ब सहयोग गर्छौं
nepalviews.com · Tue Jul 07 08:56:05 GMT 2026

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडीबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ । यसै सन्दर्भमा एडीबीले नेपालमा सन् २०२९ सम्म आफ्नो सहयोग २.४ अर्ब अमेरिकी डलर (झन्डै ३ खर्ब नेपाली रूपैयाँ) पुग्ने जनाएको छ ।
नेपालको दुईदिने भ्रमणमा रहेका एडीबीका अध्यक्ष मासातो कान्डाले भने, “नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडीबीले आफ्नो सहयोग विस्तार गरिरहेको छ, सन् २०२९ सम्ममा हाम्रो सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)