हालान्डको कीर्तिमानी गोल
barnanmedia.com · Mon Sep 07 22:25:05 GMT 2026
म्यानचेस्टर सिटीका नर्वेजियन स्टार स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो करियरमा अर्को ऐतिहासिक कोसेढुंगा पार गर्नुभएको छ । कोभेन्ट्रीलाई हराएर प्रिमियर लिगमा शतप्रतिशत जितको यात्रा कायम राख्ने क्रममा हालान्डले क्लब करियरको ३००औँ गोल पूरा गर्नुभएको हो । यसक्रममा उहाँले स्टार खेलाडीद्वय किलियन एमबाप्पे र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै छिटो यो सफलता हात पार्ने खेलाडीको सूचीमा आफ्नो नाम लेखाउनुभयो ।
मोल्डे, रेड बुल साल्जबर्ग, बोरुसिया डर्टमन्ड र हाल म्यानचेस्टर सिटीबाट खेल्दै ३०० गोलको आँकडा छुने २६ वर्षीय हालान्डलाई यो ऐतिहासिक उपलब्धि हासिल गर्न जम्मा ३८४ खेलमात्र लाग्यो । यो रेकर्ड अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेस्सी (३६५ खेल) भन्दा केही बढी भए पनि किलियन एमबाप्पे (३९८ खेल) र क्रिस्टियानो रोनाल्डो (४९९ खेल) को तुलनामा भने निकै कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)