रसुवा बाढीमा जुम्लाका ७८ जना सम्पर्कविहीन
ratopati.com · Fri Aug 28 09:26:16 GMT 2026

सुर्खेत । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि जुम्लाका ७८ जना सम्पर्कविहीन रहेका छन्। रोजगारीका साथै विभिन्न कामको सिलसिलामा रसुवा गएका उनीहरुको अवस्था तीन दिनदेखि अज्ञात छ ।
आफन्तजनले खोज तथा उद्धार गरिदिनि अनुरोध गरेकाले सोही अनुसार पहल भइरहेको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए। सम्पर्कविहीन हुनेहरुमा पातारासी गाउँपालिका–४ लाम्री गाउँका तीर्थ बुढा, रमेश बुढा, अमर भण्डारी, अनिल भण्डारी, प्रकाश बुढा, विशाल बुढा, ध्रुव बुढा, गणेश बुढा, रमेश बुढा (बी), दीपक बुढा, धनसुर बुढा, भक्त बुढा, सन्तोष बुढा, हिक्मत बुढा, सुरेन्द्र बुढा, धर्मेन्द्र बुढा, लालसिंह बुढा, गणेश बोहोरा, चन्द्र बुढा (क), सोही वडा तिर्खु गाउँका कालो बोहोरा, रामसर बुढा, एक बोहोरा, बिनोद बोहोरा, सनराज बोहोरा, दीपक बोहोरा, दीपराज ऐडी र विवेक बोहोरा रहेका उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)