खोज तथा उद्धारको काम तदारुकतासाथ जारी छ : प्रधानमन्त्री शाह
barnanmedia.com · Mon Sep 07 22:37:17 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवागढी जलविद्युत् आयोजनामा हेडवर्कस्का सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको बताउनुभयो । भदौ १३ गते नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटरभित्र पुगेको बताउनुहुँदै खोज कार्यलाई थप प्रभावकारी बनाइएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल पारी भित्र प्रवेश गर्दा २ शव फेला पारेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)