धानबालीका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुन्छ : कृषिमन्त्री चौधरी
annapurnapost.com · Tue Jul 07 09:15:02 GMT 2026

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् । मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भई विगतको मौज्दात समेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री–वितरण भइसकेका जानकारी दिइन् ।
हाल ९५ हजार मेट्रिक टन मल मौज्दात रहेको र जीटुजी प्रक्रियामार्फत थप ५० हजार मेट्रिक टन मल चाँडै आपूर्ति हुने क्रममा रहेकाले धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने उनले दावी गरिन् । उनले मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)