सांसदहरूले उठाए हात्ती आक्रमण, विद्युत्, शिक्षा र सुकुम्बासीका मुद्दा
himalpress.com · Tue Jul 07 09:27:49 GMT 2026

काठमाडौँ- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, तराई–मधेशमा घट्दै गएको भूमिगत पानीको स्रोतलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३ मा यही असार २० गते ध्रुवे नामको जंगली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाछोराको ज्यान लिएको घटनाप्रति गम्भीर हुन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)