राष्ट्र बैंकका सहायक निर्देशक रायमाझीले लेखे उपन्यास, रिमाको लोकार्पण सम्पन्न
clickmandu.com · Tue Jul 07 09:46:07 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक तथा लेखक राजु रायमाझीको पहिलो उपन्यास ‘रिमा’ लोकार्पण गरिएको छ । शिमल बुक्सद्वारा प्रकाशित उक्त कृतिको संयुक्त रूपमा प्रमुख अतिथि नइ एकेडेमीकी कुलपति तथा त्रिमूर्ति निकेतन एवं बानिरा फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईं, रायमाझीकी आमा रमा रायमाझी, साहित्यकार वासुदेव अधिकारी, हरिशरण ढुंगानालगायतले गरे ।
कार्यक्रममा वक्ताहरूले रिमाले समकालीन समाजका संघर्ष, सपना, प्रेम, सफलता र मानवीय संवेदनालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै नयाँ पुस्ताका स्रष्टा राजु रायमाझीको साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)