इन्फिनिटी लघुवित्तको देशव्यापी प्रशिक्षण
barnanmedia.com · Mon Sep 07 23:11:53 GMT 2026

इन्फिनिटी लघुवित्तले देशभरका शाखा कार्यालयमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै संस्थागत नीति, प्रक्रिया तथा अनुपालनसम्बन्धी ज्ञान थप प्रभावकारी बनाउने उद्देश्यले संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
संस्थाले भदौ २० र २१ गते देशभरका १५ स्टेसनमार्फत् एक सय दुईवटा शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखदेखि फिल्ड सहायक कर्मचारीसम्मलाई सहभागी गराई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा केन्द्रीय कार्यालयका पदाधिकारी तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो भने तालिमको प्रशिक्षण तथा सहजीकरण सम्बन्धित अनुगमन अधिकृतहरूले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)