७ जिल्लामा बर्डफ्लु नियन्त्रण, उपत्यका र काभ्रेमा अझै जोखिम
onlinekhabar.com · Tue Jul 07 09:57:00 GMT 2026

२३ असार, काठमाडौं । देशका विभिन्न ११ जिल्लामा फैलिएको घातक पन्छी रोग ‘बर्डफ्लु’ ७ वटा जिल्लामा पूर्णरूपमा नियन्त्रणमा आएको छ ।
पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो । यद्यपि, उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने यो रोग अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । विभागले यी चार जिल्लालाई अझै पनि निगरानीमा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)