सेवाग्राही कुट्ने यातायातका निमित्त प्रमुखको जिम्मेवारी खोसियो
onlinekhabar.com · Tue Jul 07 10:04:40 GMT 2026

२३ असार, जनकपुरधाम । कार्यालयमा सेवाग्राही कुट्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख अनित आचार्यको जिम्मेवारी खोसिएको छ । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएसँगै श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले उनलाई जिम्मेबारीबाट हटाएर मन्त्रालय तानेको हो ।
सोमबार नै उनलाई मन्त्री स्तरीय निर्णयबाट मन्त्रालय तानिएको मन्त्रालयका सूचना अधिकारी सुनिल साहले जानकारी दिए । उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)