अधिकांश स्थानीय तह साक्षर
gorkhapatraonline.com · Mon Sep 07 23:43:19 GMT 2026

मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएका छन् । यद्यपि अझै पनि ११२ वटा स्थानीय तहमा निरक्षरता देखिएको छ । हालसम्म ६८ जिल्ला साक्षर घोषित भइसकेका छन् । साक्षर घोषणा हुन बाँकी रहेकामध्ये कणाली प्रदेशको डोल्पा र बाँकी मधेश प्रदेशका जिल्ला छन् । मधेशका १३६ वटा स्थानीय तहमध्ये २५ वटा मात्रै पूर्ण साक्षर घोषित भएका छन् । थप २५ स्थानीय तह साक्षर घोषणा हुने अन्तिम तयारीमा रहेको शिक्षा विभागले जनाएको छ ।
त्यस्तै डोल्पा जिल्लाको छार्का ताङ्सोङ गाउँपालिका पनि साक्षर घोषणा हुन बाँकी छ । शिक्षा विभागका अनुसार उक्त गाउँपालिकाका अधिकांश नागरिक तिब्बेतियन भाषामा साक्षर छन् । उनीहरूको दैनिक व्यवहार पनि सोही भाषामा चल्ने गर्छ तर नेपाली भाषा लेख्न, बोल्न जान्दैनन् । मधेश र कर्णालीका समेत गरेर ११२ वटा स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेका छन् । चालु आर्थिक वर्षभित्रमा बाँकी रहेका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारी तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)