नयाँ संसद भवनमा बजेट भाषणको तयारी (फोटो फिचर)
gorkhapatraonline.com · Sat May 23 05:03:41 GMT 2026

नेपालको संसदीय इतिहासमा नयाँ अध्यायको सुरुवात हुँदैछ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारस्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद् भवनबाट गर्ने गरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौँ रुपियाँ भाडा तिरेर सञ्चालन हुँदै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा सारिने भएको छ ।
गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन जलाइएको थियो । मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)