सेवाग्राही कुट्ने यातायातका निमित्त हाकिमको खोसियो जिम्मेवारी
kendrabindu.com · Tue Jul 07 10:32:50 GMT 2026

काठमाडौं । कार्यालयमै सेवाग्राही कुटेको भिडियो भाइरल भएसँगै यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ ।
आजको मन्त्रीस्तरीय निर्णयबाट आचार्यलाई मन्त्रालय तानिएको हो । उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई पठाइएको छ । हाल आचार्यलाई धनुषा प्रहरीमार्फत बारा प्रहरीले कार्यालय झिकाएर अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)