काठमाडौंमा आधाभन्दा बढी ट्राफिक कारबाही अब सीसीटिभीबाट, ‘फेसलेस ट्राफिकिङ’ विस्तार हुँदै
kalakarmi.com · Tue Jul 07 10:45:18 GMT 2026

काठमाडौं- काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण तथा नियम उल्लंघन गर्ने सवारीमाथि कारबाहीलाई तीव्र बनाउँदै प्रहरीले ‘फेसलेस ट्राफिकिङ’ प्रणाली विस्तार गरिरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार हाल काठमाडौं उपत्यकामा हुने ट्राफिक कारबाहीमध्ये करिब ४० देखि ५० प्रतिशत सीसीटिभी निगरानीका आधारमा भइरहेको छ । प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र विवादरहित बनाएको उनले बताए । एसएसपी काफ्लेले ट्राफिक प्रहरीले सडकमा प्रत्यक्ष खटिनुका साथै सिसिटिभीमार्फत ट्राफिक फ्लोको अध्ययन गरेर आवश्यक स्थानमा जनशक्ति परिचालन गरिरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)