मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्छु : सुवाल
baahrakhari.com · Tue Jul 07 10:50:57 GMT 2026

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. राजन सुवालले विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार (असार २३) विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रममा उनले आफ्नो कार्यकाललाई सहकार्य, सकारात्मक सोच र परिणाममुखी कार्यशैलीका आधारमा अघि बढाउने बताए ।
उनले कर्णाली क्षेत्र तथा विशेष गरी मध्यपश्चिम विश्वविद्यालयमै यसअघि विभिन्न पदाधिकारीको जिम्मेवारी सम्हालेर काम गरेको अनुभवले यसको समग्र विकासमा आफूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्राप्त अनुभवलाई संस्थागत सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुसन्धानको प्रवद्र्धनमा उपयोग गर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)