‘ग्रीन आर्मी’को नामबाट ‘आर्मी’ शब्द हटाउन सरकारको निर्देशन
lokaantar.com

भोटेकोशी बाढीसँगै विवादमा परेको ‘ग्रीन आर्मी’लाई सरकारले संस्थाको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको छानबिन र निर्देशनपछि कम्पनी रजिष्ट्रारको कार्यालयले सोमबार ३५ दिनभित्र संस्थाको नामबाट ‘आर्मी’ शब्द हटाउन पत्राचार गरेको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट पत्र प्राप्त भइसकेको संस्थाका संस्थापक अध्यक्ष सविन शर्माले बताए । उनका अनुसार गृह मन्त्रालयबाट ‘आर्मी’ शब्द हटाउन निर्देशन आएपछि मंगलबारका लागि बोर्ड बैठक बोलाइएको छ । यसबारे अब बैठकबाटै यसबारे आवश्यक निर्णय हुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)