वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
nepalsamaya.com · Sun Apr 26 08:13:53 GMT 2026

रुकुमपूर्व- शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो। अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)