बैष्णव मिष्ठान भण्डारको सागमा शंखेकिरा, प्रशासनले बन्द गर्यो भरतपुर चौबीसकोठी शाखा
nepalpress.com · Tue Jul 07 11:01:52 GMT 2026

चितवन । शाकाहारी खानामा चितवनमा चर्चित रहेको बैष्णव मिष्ठान्न भण्डार भरतपुरमा खाना खान गएका एक ग्राहले सागमा शंखेकिरा भेटेपछि जिल्ला प्रशासन कार्यालय चितवनले मिष्ठान्न भण्डारको चौबीसकोठी स्थित आउटलेट बन्द गराएको छ ।
ग्राहकले खानेक्रममा सागमा शंखेकिरा भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए । जानकारी पाएलगत्तै प्रशासनसहित खाद्यको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा पनि सागमा शंखेकिरा भेटिएको तथा होटलले खानेकुरा तार्ने गरेकोे तेलको गुणस्तर कमजोर रहेको पाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)