कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका गाडी अलपत्र
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ देशका विभिन्न प्रमुख सहरहरूमा निर्यात गर्ने मुख्य सिजन चलिरहेको बेला कर्णाली राजमार्ग अवरुद्ध भएपछि स्याउ बोकेका सवारीसाधन बाटोमै थन्किएका छन्। लगातारको अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो।
जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ र वीरगन्जलगायतका बजारका लागि छुटेका गाडीहरू बाटोमै अलपत्र परेका छन्। गन्तव्यमा पुग्न एक–दुई दिन लाग्ने भए पनि तीन दिनदेखि गाडीहरू सडकमै रोकिएपछि गर्मी र सास्तीका कारण स्याउ कुहिने हो कि भन्ने गहिरो चिन्ताले व्यापारीहरूलाई पिरोलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)