आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Tue Sep 08 00:49:30 GMT 2026

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ३४ पैसा र बिक्रीदर १७६ रुपियाँ ०३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ २३ पैसा र बिक्रीदर २०५ रुपियाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ५१ पैसा र बिक्रीदर १८७ रुपियाँ २६ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)