पुँजी बजार सुधारका उपायको खोजीमा अर्थमन्त्री
annapurnapost.com · Tue Sep 08 00:45:47 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का उच्च अधिकारीसँग पुँजी बजारका विषयमा छलफल गरेका हुन्।
उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, केन्द्रीय बैंकका डेपुटी गभर्नर किरण पण्डित र सेबोनका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)