सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध निर्मम बन्दै प्रहरी
corporatenepal.com · Tue Sep 08 00:45:49 GMT 2026

काठमाडौँ । सामाजिक सहिष्णुतामा आघात पुर्याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे । बैतडी सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामग्री बनाई फेसबुक रिलमा ‘अपलोड’ गरेका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्री प्रसारण गर्नेविरुद्ध प्रहरीले आक्रमक रुपमा कारबाही थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले संवेदनशील घडीमा पीडामा रहेका नागरिकले व्यक्त गरेका विचारमाथि अनावश्यक टिप्पणी गरी होच्याइ थप पीडा दिनेको निगरानी गरी त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)