कैदीबन्दीद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग
gorkhapatraonline.com · Tue Sep 08 01:02:12 GMT 2026

रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारका लागि भरतपुर कारागारका कैदीबन्दीले राहत सामग्री उपलब्ध गराएका छन्। कारागारमा सोमबार आयोजित कार्यक्रममा कैदीबन्दीले आफूहरूले उत्पादन गरेका सामग्री राहतस्वरूप चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरेका हुन्।
भरतपुर कारागारका कारागार प्रशासक सुभाष शर्मा पौडेलका अनुसार १२५ थान डसना, २५० थान सिरानीको खोल, १२५ थान ब्ल्याङ्केट, १२५ थान काइँयो, १२५ थान ऐना, १२५ थान टुथपेस्ट, ५०० थान ब्रस, ६२ थान डिटोल साबुन र ६२५ थान डिटोललगायत सामग्री राहतस्वरूप उपलब्ध गराइएको हो। उक्त सामग्री १२५ परिवारलाई पुग्ने गरी उपलब्ध गराइएको पौडेलले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)