जेनजी आन्दोलनको भौतिक विध्वंश नेपाली इतिहासकै कालो दिन– मुख्यमन्त्री कार्की
lokaantar.com

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक वर्षअघि भएको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको भौतिक विध्वंशलाई नेपाली इतिहासकै एउटा कालो दिन को रूपमा चित्रण गरेका छन् । गत वर्षको भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनको एक वर्षपछि क्षतिको समीक्षा गर्दै मुख्यमन्त्री कार्कीले आन्दोलनको आवरणमा मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने सुनियोजित प्रयास भएको बताएका हुन् ।
‘नवयुवाहरूले सुशासनको पक्षमा उठाएको आवाज जायज थियो,’ उनले भने, ‘तर शान्तिपूर्ण प्रदर्शन समाप्त भएपछि केही तत्वहरूले भड्काएर प्रहरीसँग मुठभेडको स्थिति सिर्जना गरे । पहिलो दिन बानेश्वरलगायत क्षेत्रमा भएका हिंसात्मक गतिविधिमा वास्तविक जेन–जी युवाहरूको संलग्नता देखिँदैन, बरु यो मुभमेन्टलाई आवरण बनाएर मुलुकलाई अस्थिरतातिर लैजाने प्रयास भएको देखिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)