जाजरकोट–रुकुम पश्चिमको पुनर्निर्माणमा ‘ब्रेक–थ्रु’ ल्याउन निर्देशन दिएको छु: गृहमन्त्री गुरुङ
kendrabindu.com · Tue Jul 07 11:38:16 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा तीव्रता ल्याउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भूकम्प प्रभावित परिवारको आवास पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले भने,‘विगतदेखि पुनर्निर्माणको काम हुँदै आएको र हालसम्म पूरा नभएकोले गम्भीर ध्यानाकर्षण भएको छ। मन्त्रालयले सहजीकरण गरी पुनर्निर्माणको काममा ब्रेक–थ्रु गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई मैले निर्देशन पनि दिइसकेको छु।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)