'जेनजी आन्दोलनले सुशासन छैन भने दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने सन्देश दियो'
ratopati.com · Tue Sep 08 01:06:01 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत वर्ष आजकै दिन सुरु भएको जेनजी आन्दोलनले सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने सन्देश दिएको उल्लेख गरेकी छिन् ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै उनले भनेकी छिन्–'एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको थियो । नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यो आवाज दबाउने नाममा निर्दोष नवयुवाहरूको ज्यान लिइएको थियो । कयौँ युवाहरूले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपर्यो । उक्त घटनामा सहिद भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)