चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
gorkhapatraonline.com · Tue Sep 08 01:08:01 GMT 2026

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले नेपालका चार धामलाई जोडेर माघ महिनामा ‘रुरु महास्नान’ आयोजना गर्ने भएको छ। रुरुक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने उल्लेख गरेको छ।
हरेक वर्ष माघ महिनामा कालीगण्डकीमा स्नान गर्नेहरूको भीड लाग्ने गरेको छ। गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रमा पाँचदिने माघी मेलासमेत आयोजना हुँदै आएको छ। अहिले रुरुक्षेत्र गाउँपालिकाले माघ महिनाभरि नै ‘रुरु महास्नान’ आयोजना गरी चार धामलाई जोडेर यसको धार्मिक महिमालाई अझ उजागर गर्न खोजेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)