पाकिस्तानकी क्रिकेट कप्तान सानालाई आईसीसीको कारबाही
kendrabindu.com · Tue Sep 08 01:07:32 GMT 2026
काठमाडौं । पाकिस्तान महिला क्रिकेट टोलीकी कप्तान फातिमा सानालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कारबाही गरेको छ । एसियाको कपको समूह चरणमा भारतविरुद्धको खेलमा अभद्र इसारा गरेको भन्दै उनलाई आईसीसीले कारबाही गरेको हो।
आईसीसीले सानालाई म्याच फीको १० प्रतिशत जरिवाना तिराएको छ । सानाले आफ्नो दोस्रो ओभरमा शेफाली वर्मालाई ‘कट एण्ड बोल्ड’ गरेकी थिइन् । त्यसपछि उनले वर्मालाई पेभिलियनतर्फ इसारा गरेकी थिइन् । यही कारणले गर्दा आईसीसीले उनलाई कारबाही गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)