अब ऋण लिन बैंक नचाहिने, व्यक्ति-व्यक्ति बीच विधिवत कर्जा लेनदेनलाई व्यवहारमा उतार्दै राष्ट्र बैंक
clickmandu.com · Tue Jul 07 11:40:33 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आज आर्थिक वर्ष २०८३/८४ को २५औँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । यस वर्षको मौद्रिक नीतिले ७ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी डिजिटल वित्तीय उपकरण र नियमनकारी सरलीकरणमा विशेष जोड दिएको छ ।
यस पटकको मौद्रिक नीतिको सबैभन्दा महत्त्वपूर्ण र नवीन पक्ष व्यक्तिगत क्रेडिट स्कोरिङ पीयर टू पीयर’ लेनदेन प्रणालीको अध्ययन सुरु गर्ने घोषणा हो । राष्ट्र बैंकले अब व्यक्ति-व्यक्ति बीच प्रत्यक्ष रूपमा कर्जा लेनदेन गर्न सकिने प्लेटफर्मको विकासका लागि विस्तृत अध्ययन अघि बढाउने भएको छ । अर्थात् पीटुपी प्लेटफर्म बनेपछि ऋण लिन बैंक नै अनिवार्य रूपमा चाहिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)