रिलेमा गण्डकी प्रदेशको कीर्तिमान
nepalnews.com · Thu Jun 04 09:01:36 GMT 2026
काठमाडौँ। गण्डकी प्रदेशले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदीप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रचेका हुन्। यसअघि ३ मिनेट ३०.९ सेकेन्डको कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगर, हस्त सुनार, नीरज शाह र सन्तबहादुर दराइको नाममा थियो। उनीहरूले उक्त कीर्तिमान गत संस्करणमा बनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)