उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा
nepalsamaya.com · Sun Apr 26 17:05:23 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित गरेर बनाइएका एक हजार २७२ घरटहरा भत्काइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौं महानगरपालिकाका नगर प्रहरीको समन्वयमा सरकारी टोलीले शनिबार र आइतबार काठमाडौंको थापाथली, गैरीगाउँ–बानेश्वर र जडिबुटी तथा भक्तपुरको मनोहरा क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा भत्काएको हो।
ती चार स्थानमा कुल एक हजार ६५० घर टहरा रहेको प्रहरी तथ्याङ्कले देखाएको छ। गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा १५ वटा पक्की घर र मनोहरा वस्ती (भक्तपुर) मा ३६५ घरटहरा भत्काउन बाँकी रहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)