देशभर मनसुनी वायुको प्रभाव, विभिन्न प्रदेशमा वर्षाको सम्भावना
nepallive.com · Tue Sep 08 00:25:00 GMT 2026

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको पश्चिमी भू–भागनजिक रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
हाल मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)