जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
nagariknews.nagariknetwork.com · Thu Jun 04 08:50:09 GMT 2026

म्याग्दीमा २० औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस रक्तदान कार्यक्रम गरी मनाइएको छ। जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आयोजनामा बेनीको वीरेन्द्रचोकमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बेनीले प्राविधिक सहयोग गरेको थियो भने बेनी नगरपालिका ७ को कार्यालयले आर्थिक सहयोग गरेको थियो। समितिका संयोजक पदम किसानले जातीय विभेद र छुवाछूतविरुद्ध सामाजिक चेतना अभिवृद्धि गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)