एन्जोको निर्णायक गोलमा चेल्सी १७ औँ पटक एफए कपको फाइनलमा
ratopati.com · Sun Apr 26 17:32:28 GMT 2026
काठमाडौँ। एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले लिड्स युनाइटेडलाई १–० ले पराजित गर्दै चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न सेमिफाइनल खेलको २३औँ मिनेटमा एन्जोले गरेको गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो ।
क्लबको अनुशासनको कारबाहीका कारण अघिल्लो खेल गुमाएका एन्जोले सेमीफाइनलमा टोलीलाई महत्त्वपूर्ण जित दिलाए । प्रशिक्षक लियाम रोजेनियरको बर्खास्तीपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका कालुम म्याकफार्लेनको नेतृत्वमा चेल्सीले यो सफलता हात पारेको हो । यस जितसँगै चेल्सी १७औँ पटक एफए कपको फाइनलमा पुग्न सफल भएको छ । आठ पटकको विजेता चेल्सीका लागि यो सिजन उपाधिसहित सुखद अन्त्य गर्ने सुवर्ण अवसर बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)