ब्याजदर करिडोर क्रमशः साँघुरो बनाइने, अन्तरबैंक दर नीतिगत दरकै हाराहारीमा राखीने
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरलाई आवश्यकताअनुसार क्रमशः साँघुरो बनाउँदै लैजाने नीति लिएको छ। साथै अन्तरबैंक ब्याजदरलाई नीतिगत दरकै हाराहारीमा कायम राख्न खुला बजार कारोबारलाई थप सक्रिय बनाइने घोषणा गरेको छ।
मंगलबार सार्वजनिक मौद्रिक नीतिअनुसार हाल कायम रहेको ब्याजदर करिडोर तत्काल परिवर्तन गरिएको छैन। तर मुद्रास्फीतिमा दबाब बढे, पर्याप्त तरलता हुँदाहुँदै पनि सार्वजनिक तथा निजी क्षेत्रले त्यसको अपेक्षित लाभ लिन नसके वा समष्टिगत आर्थिक स्थायित्वमा चुनौती देखिए मौद्रिक नीतिको कार्यदिशा पुनरावलोकन गर्दै करिडोरलाई क्रमशः साँघुरो बनाइने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)