जेनेभामा रहेको नेपाली टोलीको गाभीका प्रतिनिधिसँग भेट, स्वास्थ्य प्रणाली सुदृढीकरणका विषयमा छलफल
shilapatra.com · Sat May 23 06:43:00 GMT 2026

विश्व स्वास्थ्य महासभामा सहभागी स्वीटजरल्यान्डको जेनेभा पुगेकी नेपाल सरकारीको स्वास्थ्यमन्त्री निशा मेहता नेतृत्वको टोलीले खोप सञ्जाल ‘गाभी’को टोलीसँग उच्चस्तरीय साइडलाइन भेटवार्ता गरेको छ । यस भेटवार्तामा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण र आगामी दिनको स्वास्थ्य वित्तीय व्यवस्थापनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सन् २००० यता गाभी नेपालको राष्ट्रिय खोप कार्यक्रमको एक प्रमुख साझेदार रहँदै आएको छ । सन् २०२५ मा नेपालले ऐतिहासिक रूपमा हासिल गरेको ‘रुबेला निवारण’लगायत एचपीभी र अन्य जीवनरक्षक खोपहरूको सफल विस्तारमा गाभीको महत्त्वपूर्ण प्राविधिक तथा वित्तीय भूमिका छ । तर, आगामी सन् २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित राष्ट्र (LDC)बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने संघारमा रहेको परिप्रेक्ष्यमा यो वार्ताले विशेष रणनीतिक महत्त्व राख्ने दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)