आप्रवासी नेपाली कामदारको प्रथम मासिक आम्दानी औसत ५४,४०३ रुपैयाँ, मलेसियामा धेरै
onlinekhabar.com · Tue Jul 07 11:55:49 GMT 2026

२३ असार, काठमाडौं । विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग लिइएको तथ्यांकलाई आधार मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)